बनेपा/पोर्टेज तथा पुनस्र्थापना संस्था नेपालको भवनको मर्मत तथा सुधार अधुरो रहेकोे कार्य मध्ये ज्योती विकास बैंक लि.बाट एउटा कोठामा झ्याल फिटिङ,रंगरोगन लगायतका कार्य सम्पन्न गरि पोर्टेज तथा पुनस्र्थापन संस्था नेपाललाई हस्तान्तरण गरिएको छ ।
संस्थाका अध्यक्ष सुरथ बहादुर थापाको सभापतित्वमा भएको हस्तान्तरण कार्यक्रममा ज्योती विकास बैंकका प्रदेश प्रमुख एवं प्रमुख अतिथि दिलिपराज बरालबाट बैंकले सामाजिक दायित्व निभाउने क्रममा समाज रहेका अपाङ्गता भएका बालबालिकाहरुको सेवामा लागिरहेको संस्थालाई केही सहयोग गर्न पाउंदा निकै खुसी लागेको बताउनु भयो किसिम बालबालिकाहरुको प्रतिभा र क्षमतालाई पहिचान गरेर आत्मनिर्भरका लागि बिभिन्न सिपहरु समेत सिकाउनु उपयुक्त हुन्छ भन्नु हुन्दै संस्थालाई उदार मनले जग्गा दान दिने संस्थाका अध्यक्ष र संस्थाले गरेको सह्रायिन कार्यहरुको प्रसंसा गर्नु भयो ।
कार्यक्रमका बिशिष्ट अतिथि बनेपा न.पा. वडा नं. १२ कावडा सदस्य नारायण रावलले आफ्नो वडामा रहेको पोर्टेज संस्थालाई सहयोग गर्नु भएकोमा ज्योती विकास बैंक प्रति आभार ब्यक्त गर्नु भएको थियो ।
संस्थाका निर्देशक मणिराज श्रेष्ठले संस्थाको स्थापना,उद्देश्य,संचालित कार्यक्रमहरुको संक्षिप्त जानकारी दिनुका साथै ज्योती विकास बैंक लि.को सहयोगको लागि आभार तथा धन्यवाद दिनु भएको थियो । कार्यक्रममा ज्योती विकास बैंकको तर्फबाट प्रमुख अतिथि दिलिपराज बरालले संस्थालाई खेलकुद तथा सिकाई सामाग्री हस्तान्तरण गर्नु भएको थियो भने संस्थाको तर्फबाट संस्थाका अध्यक्षबाट मायाको चिनो स्वरुप प्रमुख अतिथिलाई र ज्योती विकास बैंक लि. बनेपा शाखाका प्रमुख सरोज खडकालाई “पोर्टेज निर्देशिका” प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा उपस्थित अपाङ्गता भएका बालबालिकाहरुलाई बनेपा न.पा. वडा ंनं. ५ निवासी पूण्य श्रेष्ठले ज्याकेटहरु बितरण गर्नु भएको थियो ।









