खानीखोला/ग्रामीण प्रविधि केन्द्र, भनिमण्डल, ललितपुर संस्थाले सौर्य ऊर्जा मार्फत ग्रामीण स्तरमा विद्युतीकरण र पालिकाको ऊर्जा योजना तर्जुमा पद्धतिको प्रवद्र्धन तथा प्रमाण पैरवी कार्यक्रम अन्र्तगत सौरे भाङटारबेसी वडा नम्वर ३, खानीखोला गाउँपालिका, काभ्रेपलान्चोकमा १० किलोवाटको सोलार मिनीग्रीड जडान गरिएको छ ।
जडान गरिएको सोलार मिनीग्रीड समुदायलाई हस्तान्तरण गरेको छ । ऊर्जाको पहुँचबाट बञ्चित सौरे भाङटारबेसी वडा नम्वर ३, खानीखोला गाउँपालिकाको समुदायमा सफा ऊर्जाकोे पहुँच बढाउने हेतुले सोलार मिनी ग्रिड प्रणाली जडान गरीएको हो । सोलार मिनीग्रिड प्रणाली जडान पश्चात त्यहाँका ९८ वटा घर धुरीहरु प्रत्यक्ष लाभान्वित भएका छन् । वस्तीलाई उज्यालो बनाउने मात्र नभएर ऊर्जाको उत्पादनमुलक प्रयोगलाई ध्यान दिदै कार्यक्रमले समुदायमा सोलार मिनीग्रिड प्रणाली मार्फत कुटानी पिसानी मील पनि सञ्चालनमा ल्याएको छ । कुटानी पिसानीका लागि समुदायका व्यक्तिहरु ४÷५ घण्टा हिडेर जानुपर्ने र कुटानी पिसानी गरेर फर्किदा पुरै दिन नै लाग्ने भएकाले, समुदायका व्यक्तिहरुले समस्या भोग्नु परेको थियो । तर हाल आफ्नै समुदायमा कुटानी पिसानी मील खुले पछि समुदायका व्यक्तिहरुको समय निकै नै सदुपयोग भएको छ । ऊर्जाको पहुँचका साथ साथै कुटानी पिसानी मील पनि आफ्नै समुदायमा खुले पछि समुदायका व्यक्तिहरु हर्षित भएका छन् ।
खानिखोला गाउँपालिका अध्यक्ष कृष्ण खुलालले हस्तान्तरण कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएको थियो । सोलार मिनीग्रिडलाइै दिगो बनाउनुका साथै थप भरपर्दाे बनाउनका लागि समुदायका साथसाथै खानीखोला गाउँपालिकाले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रमले उक्त सोलार मिनीग्रीड हस्तान्तरण कार्यक्रम मंसिर ८ गते सम्पन्न गरेको थियो । यसका साथै हस्तान्तरण कार्यक्रमको भोलिपल्ट सोलार मिनीग्रीड मर्मत सम्भार तालिम प्रदान गरेको थियो । मर्मत सम्भार तालिममा कसरी सुरक्षित रहेर बिजुलीको प्रयोग गर्ने र कसरी सोलार मिनीग्रीडलाई संञ्चालन गर्दा लामो समयसम्म पनि समुदायले यसबाट फाईदा लिन सकिन्छ बारे जानकारी दिएको थियो । कार्यक्रमले मिनीग्रीड र कुटानी पिसानी मीलको संचालनको लागि ९ सदस्यीय स्थानीय समिती निर्माण गरेको छ । समितीले सोलार मिनीग्रीडका उपभोक्ता मार्फत रकम संकलन गर्ने, बिग्रेको खण्डमा मर्मत सम्हार गर्ने र अन्य निर्णयहरु गर्ने कार्यहरु गर्ने छ । कार्यक्रम ग्रामीण प्रविधि केन्दले खानीखोला गाउँपालिका र घट्टधनी संघको काभ्रेको सहकार्य, साइमनपु फाउन्डेशन र इको इनर्जी फाउन्डेशन फिन्डल्याण्डको आर्थिक सहयोगमा संचालन गरेको थियो ।









