धुलिखेल/नेकपा एमाले धुलिखेल नगर कमिटीको पार्टी कार्यालय उद्घाटन गरिएको छ । धुलिखेलमा एक कार्यक्रमका बिच नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाले कार्यालय उद्घाटन गरेका हुन् ।
यसैबिच नगर कमिटीले जिल्लाबाट एमालेको विभिन्न पदमा निर्वाचित नेताहरुलाई सम्मान गरेको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटा, केन्द्रिय सदस्य नविना लामा, रेशम लामा, रुक्मणी राना, बागमती प्रदेश उपाध्यक्ष रामहरी सुवेदी लगायतलाई समन गरिएको हो । कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, धुलिखेल नगर अध्यक्ष दयाराम महत, सचिव विष्णु काभ्रेली लगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।









