2026 April 24/ 07:01: 07pm

    नमोबुद्ध/लक्ष्मीनारायण मावि नमोबुद्ध १ श्यामपाटीमा कक्षा १२ सम्मका विद्यार्थीहरुका लागि खाजा सहयोग हस्तान्तरण गरिएको छ । 
    बालकक्षा देखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुका लागि एक वर्षका लागि लाग्ने खर्च २५ लाख रुपैया बराबरको सहयोग विद्यालयलाई उपलब्ध गराईएको हो । सार्वस याक्सन हङकङ, ठाङगु गुम्बा, नमोबुद्ध र ठाङगु बज्रयाना बुद्धिस्ट केन्द्र हङकङको सहयोगमा विद्यालयका विद्यार्थीहरुलाई खाना सहयोग उपलब्ध गराईएको हो । शिक्षक देवेन्द्र भुर्तेलका अनुसार विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि उपलब्ध गराईएको खाजा सहयोगबाट विद्यार्थीहरुलाई स्वस्थ राख्न थप सहयोग पुग्ने छ । विद्यालयमा अध्ययन गने ३ सय ३ जना विद्यार्थीहरुले उक्त सहयोग प्राप्त गर्नेछन् । खाजा सहयोग हस्तान्तरण कार्यक्रममा ठाङगु गुम्बाका इन्चार्ज लामा खाम्साङ्ग, सचिव आचार्य पासाङ, शिक्षक अभिभावक संघका अध्यक्ष माधव आचार्य, सदस्य गणबज्र लामा, प्रधानाध्यापक महेशप्रसाद कोईराला लगायतले खाजा सहयोग कार्यक्रमका बारेमा मन्तब्य राख्नु भएको थियो । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष एवं नमोबुद्ध नगरपालिका वडा नम्वर १ का अध्यक्ष कर्मा ग्याल्पो लामाले खाजा सहयोग गरी विद्यार्थीहरुलाई अध्ययनमा हौसला बढाई दिनु भएकोमा धन्यवाद ब्यक्त गर्नु भएको थियो ।