2026 April 24/ 05:50: 53pm

    बनेपा/बनेपा नगरपालिकाको आयोजनामा बनेपा नगरपालिका भित्र सहकारीहरुको कार्य क्षेत्र विस्तार तथा नयाँ सहकारी दर्ता सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । 
    नगर प्रमुख लक्ष्मी नरसिं बादेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर भित्र रहेका सहकारी संस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगर प्रमुख बादेले जिल्लाकै बनेपा नगरपालिका सहकारीको हब भएकाले सहकारीबाट धेरै जनाले रोजगार पाएको, बैंकको पहुँचसम्म पुग्न नसकेकाहरुलाई धेरै राहत पुगेको, उत्पादन क्षेत्रमा लगानी भएको र केहि एकाध सहकारीले गर्दा सहकारीको बद्नाम समेत हँुदै गएको बताउनु भयो । नगरपालिकाले सहकारी शाखामा कर्मचारी अपुग भएकाले अनुगमन गर्न नसकेको स्वाकार्दै बादेले सुचीकृत गरि अनुगमन गरिरहेको बताउनु भयो ।
    नगरपालिका भित्र १ सय ४० बचत तथा ऋण, कृषि ३४, बहुउदेश्यीय २६ उत्पादन २ अटोमोबाईल १, उपभोक्ता १, पर्यटन १, सहकारी विद्यालय १ दुग्ध उत्पादक ८ सहकारी संस्था २ गरी २ सय १६ वटा सहकारी रहेको बताउनु भयो । नगरपालिकाले सहकारी ऐन जारी गरिसकेकाले उक्त सहकारी ऐन अनुसार सञ्चालन गर्न निर्देशन दिनु भएको थियो । कार्यक्रममा उप–प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, बरिष्ठ राजश्व प्रमुख धुर्व राज नेपाल सहकारी विज्ञ एवं पूर्व प्रशासक सुरेन्द्र राज पौड्याल, सहकारी ब्यबस्थापन संयोजक सागर कपाली, जिल्ला बचत संघका कोषाध्यक्ष जितेन्द्र नकर्मी, युवा साकोसका अध्यक्ष उदयराम कायस्थ लगायतको सहभागिता रहेको थियो ।