2026 April 24/ 05:49: 05pm

    पनौती/नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती रुट ईकाइको आयोजना तथा रोशी साकोसको सह आयोजनामा १ दिने स्वास्थ्य शिबिर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पनौती वसपार्कमा आयोजना गरिएको उक्त शिबिरमा १५५ जनाले स्वास्थ्य शिबिर, ७६ जनाले दातँ परिक्षण रक्तदान १९ जनाले गरेका मजदुर संगठनका अध्यक्ष सुनिल धाँजुले बताउनु भयो । 
    संगठनले यस अघि भरखरै सम्पन्न भएको १६ दिेने लैङ्गीक हिंसा सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरेको र आगामी दिनमा चालक तथा सहचालकहरुलाई ट्राफिक सचेतना सम्बन्धि तालिमको ब्यबस्ता गर्ने धाँजुले बताउनु भयो । जिल्लामै उत्कृष्ट र ब्यबस्थि रहेको उक्त संगठनले मजदुरहरुको हक हितका लागी विभिन्न कार्यहरु गर्दे आईरहेको छ । मजदुरहरुको स्वास्थ्य उपचार देखी कोभिढ १९ मा समेत खाध्यन्य वितरण, लगाएतका धेरै कार्य गर्दे आएको अध्यक्ष सुनिल धाँजुले बताउनु भयो । शिबिरको उद्घाटन पनौती नगरपालिका प्रमुख भिम न्यौपानेले गर्नु भएको थियो । न्यौपानेले नगरपालिका भित्र रहेका विभिन्न सघं सस्थाको सहयोमा नगरपालिकाले धेरै काम गर्न सक्ने बताउनु भयो । नगरपालिका एक्लैले काम गर्न  नसक्ने भएकाले नगरपालिका भि रहेका विभिन्न सघं सस्थाहरु सगं सहकार्य गर्ने बताउनु भयो ।
    कार्यक्रममा विशेष अतिथी सगंठनका केन्द्रिय महासचिब नवराज घिमिरे, काभ्रे पुण्यवती यातायात प्रालिका अध्यक्ष राजेश सुन्दर सैजू, सुप्रिम डेन्टलका सल्लाहकार अशोक श्रेष्ठ लगाएतका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्राविधिक सहयोग सुप्रिम डेन्टल बनेपा,रुविआई कियर सेन्टर लगाएत गरेका थिए ।