2026 April 24/ 05:51: 03pm

    बनेपा/बनेपा नगरपालिकमा पहिलो पटक ३ वटी देउरानी जेठानी मिलेर सस्तो दिल सेकेन्ड ह्याण्ड मार्केट खुलेको छ । विशेष गरी महिलाहरुका लागी विबाह पार्टिहरुमा जानका लागी धेरै महंगो पर्ने कपडा ड्रेसहरुलाई आधि मुल्यमा विक्रि वितरण गर्ने तथा कसैले आफुले १–२ पटक लगाएर उक्त पसलमा दिन सकिने समेत प्रोपाईटर रिङ्की तौजलेले बताउनु भयो । सबै महिलाहरुलाई सहजताका लागी उक्त मार्केट शुरु गरिएको बताउनु भयो । 
    अहिले १ पटक लगाई सकेको डे«स पुन अर्काे पटक नलगाउने भएर धेरै ड्रेसमा खर्च हुने भएकाले हामिले उक्त मार्केट शुरु गरिएको तौजललेले बताउनु भयो । उक्त मार्केटको उद्घाटन बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहालले गर्नु भएको थियो । दाहालले तोजले परिवारलाई शुभकामना दिदै उक्त ब्यबसायलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो । बनेपामा एउटा नयाँ र चुनौतीको ब्यसाय भएकाले धेरै दिदिबहिनीहरुको आर्थिक समेत जोगीने बताउनु भयो । 
    फजुल खर्च जोगिने र सेकेन्डह्याण्ड डे«सको समेत उपयोग हुने भएकाले सबैले सदुपयोग गर्न आग्रह गर्नु भयो । बनेपाको रेडक्रस भवन सगै रहेको उक्त मार्केटिङमा ३ वटी देउरानी जेठानी रिङ्की तौजले, मनिषा गनेजु, र विनु कर्मचार्य तौजलेले सयुक्त रुपमा शुरु गर्नु भएको छ ।