2026 April 24/ 05:50: 51pm

    धुलिखेल/बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
    सहकारीको आयोजनामा र बनेपा हेल्थ केयर प्रा.लि.को प्राविधिक सहयोग एवं धुलिखेल नगरपालिका वडा नं. १ को सहजीकरणमा आयोजित स्वास्थ्य शिविरमा धुलिखेल नगरपालिका वडा नं. १ देवीटार क्षेत्रका ९८ जनाले स्वास्थ्य परीक्षण गराउनु भएको थियो । स्वास्थ्य शिविरमा बरिष्ठ प्रसुती तथा स्त्रीरोग विशेषज्ञ र फिजिसियनहरुद्वारा स्वास्थ्य जाँच तथा परामर्शका साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो । 
    संस्थाका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले संस्थाको सामाजिक कार्य अन्तर्गत उक्त स्वास्थ्य शिविर गरिएको बताउनु भयो ।