बनेपा/एक्सेस ब्राण्ड प्राप्त गर्न सफल चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औ वार्षिक साधारण सभा संस्थाका सल्लाहकार एवं समाजसेवी बालभक्त प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथि प्रधानले समुदायमा आधारित उक्त सहकारीले सदस्यहरुको भावना अनुसार सञ्चालन भएको बताउनु भयो । सहकारी भनेको सहकार्यमा सञ्चालन हुने भएकाले चण्डेश्वरी साकोस सोहि अनुसार सञ्चालन भएको र सदस्यहरुलाई बचत तथा ऋणको मात्र काम नगरी उत्पादन क्षेत्रमा समेत लनागी गरेको आफुले पाएको बताउनु भयो । सहकारीले सामान्य मानिसलाई समेत कारोबार गरी उनिहरुको उत्पादन तथा आर्थिकस्तर उकास्न सहजिकरण गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा संस्थाको वार्षिका प्रतिवेदन सह–सचिव रमेशकाजी श्रेष्ठले तथा आर्थिक प्रतिवेदन सह–कोषाध्यक्ष हेमन्तराज प्रधानले सभामा प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी संस्थाको लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक सुरेन्द्र प्रजापतिले प्रस्तुत गर्नु भएको थियो । संस्थाको आर्थिक वर्ष २०७७÷०७८ को शेयर पूजी ११ करोड १० लाख ६२ हजार ३ सय, खुद आम्दानी ११ करोड ७४ लाख ६५ हजार ८ सय, निक्षेप ८७ करोड २४ लाख ५३ हजार, ऋण लगानी ७३ करोड ९० लाख ४८ हजार, जम्मा पुजीं १ अर्ब १४ करोड ८४ लाख ८१ हजार रहेको जनाएको छ ।
कार्यक्रममा संस्थाका उत्कृष्ट कर्मचारी सुनिता मानन्धर, उत्कृष्ट बाल बचतकर्ता, आवधिक बचत कर्ता, उत्कृष्ट ऋणी, नियमित बचतकर्ताहरुलाई सम्मान गरिएको थियो भने संस्थाका सञ्चालक समिती सदस्य रोशना राजबंशी ब्लड डोनर्स एशोसिएनको केन्द्रिय सदस्यमा निर्वाचित भएकोमा सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका उपाध्यक्ष जय ओम बादेले स्वागत मन्तब्य राख्नु भएको थियो भने शुभकामना मन्तब्य सल्लाहकार इन्द्रनारायण भैलले राख्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष विकास बादेको सभापतित्वमा सम्पन्न भएको थियो ।









