2026 April 24/ 05:50: 50pm

    बनेपा/बनेपा नगरपालिका वडा नम्बर १ को सेवा अब आफ्नै भवनबाट गर्ने भएको छ । वडा भवनमा गृह प्रवेश गरे सँगै अब वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु आफ्नै भवनबाट प्रदान गरिने वडा अध्यक्ष पिताम्बर दुलालले वताउनु भयो । 
    उक्त गृह प्रवेशको उद्घाटन नगर प्रमुख लक्ष्मी नरसिं बादेले एक कार्यक्रमका बिच गर्नु भएको थियो । वादेले जनताका माग बमोजिम भवनको निर्माण भएको र सजिलै जनताले सेवा प्रवाह पाउनु पर्ने बताउनु भयो । वडामा वडा भवनसँगै स्वास्थ्यको भवन, खानेपानी, सडक विद्यालयलाई प्राथमिकता दिईएको बताउनु भयोे । निर्वाचनका समयमा गरेका प्रतिबद्धताहरु पूरा गरेको वादले बताउनु भयो । नगरपालिकाले गर्ने विकास सबैले अपनत्व गर्दै सबैको पहँुचमा रहनु पर्ने बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले भवनसँगै सेवामा हामी सबैको दायित्व सम्झी संरक्षण गर्नुपर्ने बताउनु भयो । वडा कार्यालय भनेको जन्मदर्ता, विवाह दर्ता देखी मृत्यु दर्ता हुने ठाउँ भएकाले सबैले यसलाई संरक्षण र सम्र्वद्धन गर्नुपर्ने उप्रेतीले बताउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य कार्यपालिका सदस्य प्रमिला पाण्डेले राख्नु भएको थियो । 
    कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा नगरपालिका प्रवक्ता श्याम सुन्दर श्रेष्ठ, वडा नम्बर ११ का वडा अध्यक्ष शिब कुमार थापा, १३ का वडा अध्यक्ष सुर्य नारायण श्रेष्ठ, १४ का वडा अध्यक्ष गौरी राउत, जिल्ला समन्वय समिति सदस्य विकास मंग्रान्ती, वडा सदस्यहरु, पार्टी प्रतिनिधी, विभिन्न विद्यालयका प्रध्यानाध्यापकहरु, संघ संस्थाका प्रतिनिधी, भवन निर्माण समिति अध्यक्ष भगवान महत लगायतको सहभागिता रहेको थियो । कार्यक्रम वडा अध्यक्ष पिताम्बर द्ुलालको सभापतित्वमा सम्पन्न भएको थियो ।