2026 April 24/ 05:50: 30pm

    बनेपा/बनेपा नगरपालिकाको आयोजनामा नगरपालिकाका १४ वटै वडामा उपभोक्ता समितिहरुलाई योजना सञ्चालन तथा कार्यान्वयन सम्बन्धि अभिमुखीकरण दिदै आएको छ । 
    सोहि क्रममा वडा नम्बर ११ मा एक कार्यक्रमका बिच उपभोक्ता समितिहरुलाई अभिमुखीकरण कार्यक्रम दिईएको योजना अधिकृत शर्मिला बन्जाडेले बताउनु भयो । उपभोक्ताहरुलाई योजना संचालन गर्दा सहजीकरण होस, योजना सम्झौता, गुणस्तरीयता, भुक्तानि लगायत उपभोक्तालाई जानकारी दिइएको बताउनु भयो । आर्थिक वर्षको शुरु देखी नै उक्त अभिमुखीकरण दिदै आएको र ११ वटा वडामा सम्पन्न भएको बन्जाडेले बताउनु भयो । बन्जाडेले आर्थिक वर्ष २०७८/७९ का ९० प्रतिशत योजना सम्झौता भैईसकको र आगामी चैत भित्रमा योजना सम्पन्न हुने बताउनु भयो । 
    अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष शिबकुमार थापाले वडाका सम्पुर्ण योजना सम्झौता सम्पन्न भएका र उपभोक्ताहरुलाई समयमै काम सम्पन्न गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा लेखा अधिकृत निर्मल मुस्याजु, ईन्जिनियर चन्दन होयजु लगायतले योजनाका बारेमा बताउनु भएको थियोे ।