उद्धब प्रसाद अधिकारी/पाचखाल
स्वच्ेछा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष ओमकार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । अध्यक्ष श्रेष्ठले पाँचखालमा नमुना लायकको सहकारीको स्थापित हुदै गएको सदस्यमुखी भएको बताउनु भयो । कोभिड –१९ को समयमा समेत सदस्यहरुलाई सेवा प्रदान गरेको श्रेष्ठले वताउनु भयोे ।
कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिबेदन सचिब सुन्दर तामाङले आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुनिल सापकोटाले लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक शुरेस श्रेष्ठले सभा प्रस्तुत गर्नु भएको छ । संस्थाको कुल निक्षेप १९ करोड ८३ लाख ९७ हजार ९ सय ऋण लगानी ६ करोड ६७ लाख ११ हजार रहेको जनाएको छ ।
कार्यक्रममा संस्थाका उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्ता, उत्कृष्ट कर्मचारी, शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।









