2026 April 24/ 04:05: 37pm

बनेपा/बनेपा नगरपालिकाको आयोजनामा “घरबाटै सुरू गरांै, महिला हिंसा अन्त्य गरौ” भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा बिरूद्धको १६ दिने अभियानको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका विज्ञ समूहका केन्द्रिय सदस्य शर्मिला कार्कीले हिंसा रोक्नका लागी पहिला आफुबाट हुने अपराध पुर्ण हिंसा रोक्छु भनेर कसम खानुपर्ने बताउनु भयो । हिंसा सबै प्रकारका भएकाले सासुले बुहारीलाई, नन्दले भाउजुलाई, बाल बालिकाहरुलाई गरिने विभेद र हिंसा गरिरहेकाले उनिहरु डिप्रेसनमा गएका र पछिल्लो समय आत्महत्या गर्न पुगेका कार्कीले बताउनु भयो । पहिला आपूmबाटै हिंसालाई रोक्न सकियो भने समाजमा समेत हिँसाका घटना कम हुने कार्कीले बताउनु भयो । समाजमा अपराधको महत्वपूर्ण कारण बाल विवाह सामाजिक अवस्था, यौनजन्य अपराध रहेका र पछिल्लो समय बालयौन दुब्र्यवहार, जर्बजस्ति करणी, सार्वजनिक स्थलमा हुने यौन दुब्र्यवहार, घरेलु हिंसा सम्बन्धि घटना भईरहेका कार्कीले बताउनु भयो ।  
कार्यक्रम बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठको अध्यक्षतामा भएको थियो भने उप–प्रमुख रेखा सापकोटा दाहालले नगरले हिंसा रोकथाम सम्बन्धि विशेष कार्यक्रम नै सञ्चालन गरको बताउनु भयो । कार्यक्रममा महिला तथा बालबालिका जेष्ठ नागरिक शाखा अधिकृत बिजया सुवेदी, निरिक्षक निर्मला कार्की नगरपालिकाका कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, सामुदायिक बिद्यालयका शिक्षक, बाल क्लबका किशोरीहरू लगायतको उपस्थिति रहेको थियो ।