नेपाल प्रहरीलाई अभिमुखीकरण
धुलिखेल/नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा स्वीस सरकार विकास सहयोग एसडिसीको सहयोग र सिभिक फोरम काभ्रेपलाञ्चोकको व्यबस्थापनमा सुरक्षित आप्रवासन (सामी) परियोजनाले सरोकारवालाहरुसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम अन्तरगत आप्रवासनको असर तथा प्रभाव÷ कामदारलाई सामाजिक बहिस्कारण प्रभाव न्यूनिकरण सम्बन्धी नेपाल प्रहरी सँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्प्न्न भएको छ ।
धुलिखेल नगरपालिकाका उपप्रमुख विमला कुमारी चौलागाई शर्मा, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्री, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतका विशिष्ट व्यक्तीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम कार्यक्रममा सञ्चारकर्मी लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले नेपालमा बैदेशिक रोजगार सम्बन्धी तथ्याङकको जानकारी गराउदै बैदेशिक रोजगारसँगै मानव बेचबिखन समेत हुने गरेको कुरा उल्लेख गर्नु भयो भने, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुखशिवराम पोखरेलले रेमिट्यान्सले देशको आर्थिक विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरा पनि यसले पारिवारीक र आर्थिक विचलन समेत निमत्याउने तथ्य साथै बैदेशिक रोजगार ठगी सम्बन्धी उजुरी जिल्ला प्रशासन कार्यालयमा दिन सक्ने जानकारी गराउनु भयो ।
धुलिखेल नगरपालिकाका उपप्रमुख विमला कुमारी पौडेल शर्माले रेमिट्यान्सलाई प्रोत्साहन भन्दा देश विकासमा श्रम खर्च गरी उर्जा भएका जनशक्ती सदुपयोग गर्न सक्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा हेल्भेटास नेपालका कार्यक्रम अधिकृत कमल बहादुर रोक्कायले बैदेशिक रोजगारको वर्तमान अबस्था, अवसर तथा चुनैतीहरु“ सम्बन्धी प्रस्तुतीकरण गर्नु भयो भने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले संशोधित बैदेशिक रोजगार ऐन, २०६४ ले प्रदान गरेको प्र.जि.अ.को भूमिका र आप्रवासी श्रोत केन्द्रसँगको सहकार्य सम्बन्धी र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक संजिता श्रेष्ठले बैदेशिक रोजगार ठगी नियन्त्रणमा नेपाल प्रहरीको भूमिका सम्बन्धी प्रस्तुतीकरण गर्नु भयो । कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुबाट उठेका जिज्ञाशाहरुलाई प्रस्तुतकर्ताहरुले सम्बोधन गर्दै सिभिक फोरम काभ्रेपलाञ्चोकका प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरज्यूले कार्यक्रमको प्रभावकारीता र कानुनी कार्यन्वयनमा संयूक्त भूमिका तथा सहकार्य हुने अपेक्षा प्रस्तुत गर्दै कार्यक्रमको समापन गर्नु भयो ।









