खोपासी/पनौती नगरपालिका वडा नम्वर १० कार्यालयले नेपाल बंैक लिमिटेड खोपासी शाखाको सहयोगमा शनिबार बाल आदर्श माध्यमिक विद्यालय खोपासीको प्राङ्गणमा एक दिने डिजिटल बैकिङ्ग वित्तिय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
वडा अध्यक्ष मोहनबहादुर भण्डारीले नागरिकहरुलाई आर्थिक समद्धिका लागि उक्त कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा वडा तथा आसपासका नागरिकहरु, ब्यापारी, ब्यवसायी, उद्योगी, विद्यार्थी तथा कृषकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बैकिङ्ग ज्ञान अभिबृद्धि गर्न र बचत प्रोत्साहन एवं पूँजी निर्माण गरी उद्यमशिलता बृद्धि गर्न सहयोग पुगेको सहभागीहरुले बताए । कार्यक्रम काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।









