नाला/नाला इन्टरनेशनल क्योकुशिनकाई कराँते डो को आयोजनामा मंसिर १७ र १८ गते प्रथम मेयर कप, दोस्रो पुरुष तथा महिला राष्ट्रिय कराँते प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताको उद्घाटन बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादेले गर्नु भएको थियो भने समापन पूर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै पूर्व मन्त्री बास्कोटाले खेलको विकास र खेलबाट समृद्धि हासिल गर्न राष्ट्रको लगानी आवश्यक रहेको बताउनु भएको थियो । कार्यक्रममा बनेपा नगर प्रमुख लक्ष्मी नरसिं बादेले नगरले सबै खेलकुदहरुलाई समान रुपमा राखी सञ्चालन गरिएको बताउनु भयो । भलिबल, फुटबल, कराँते लगायतका खेलहरुलाई प्राथमिकतामा राखिएको उहाँले बताउनु भयो । खेल स्वास्थ्यको औषधिको रुपमा हेरिएकाले सबै नगरबासीले खेललाई प्राथमिकतामा राख्न अनुरोध गर्नु गर्नु भयो । जीवनको शुरुवात स्वास्थ भएपछि मात्र भएकाले कुनै पनि खेलहरुलाई प्राथमिकतामा राख्न सुझाब दिनुभयो ।
कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहालले नगरपालिकाले सबै नगरबासीहरुको लागि भौतिक विकास सँगै खेल क्षेत्र पनि समेटेको बताउनु भयो । किशोर किशोरीहरु देखी जेष्ठ नागरीक, अपाङ्गता भएका व्यक्तिहरुका लागी विभिन्न कार्यक्रमहरु मार्फत समेटिएको उहाँले बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा प्रवक्ता श्याम सुन्दर श्रेष्ठ, वडा नम्बर ३ का वडा अध्यक्ष कृष्णप्रसाद दाहाल, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । प्रतियोगितामा ४३ जिल्लाका १ सय ७२ जना ३५ केजी माथिका खेलाडीहरु सहभागि भएका थिए । कार्यक्रममा स्वागत मन्तब्य कोषाध्यक्ष लक्ष्मी नारायण श्रेष्ठले राख्नु भएको थियो भने सभापतित्व संस्थाका अध्यक्ष पञ्चम श्रेष्ठले गर्नु भएको थियो ।









