2026 April 24/ 05:03: 54pm

    धुलिखेल/सुरक्षित आप्रवासन(सामी) परियोजनाले जिल्लाका १३ वटा पालिकाका रोजगार संयोजकहरुसँगको सहकार्यका बारेमा अन्र्तक्रिया गरेको छ । अध्यक्ष विपीन लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्माको प्रमुख आतिथ्यता र सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारको विशेष आतिथ्यता रहेको थियो । 
    कार्यक्रममा बोल्दै उपप्रमुख विमला शर्माले रोजगारका लागि विदेशिनु पर्ने अवस्थामा नागरिकहरुलाई सहज बनाउन र आफ्नै पालिका भित्रको रोजगारलाई अवसरका रुपमा ब्यस्थित गर्न अनुरोध गर्नु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले राहदानी बनाउनु अघि देखि नै रोजगारका बारेमा जानकारी लिन र बैदेशिक रोजगारमा गएर ठगिनु पर्ने अवस्थाबाट बच्नु पर्ने बताउनु भयो । नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले सामी परियोजनाबाट स्थानीय स्तरमा थप रोजगारको अवसर सिर्जना गर्नु पर्ने बताउनु भयो । प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरले सामी परियोजनाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा १३ वटा पालिकाका रोजगार संयोजकहरु सहभागि थिए ।