बनेपा/बनेपा नगरपालिकाको आयोजनामा स्थानीय सरकार, सेवा प्रवाह र संगठन तथा ब्यबस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले स्थानीय सरकारले सेवाग्राहीहरुलाई दिने सेवाका बारेमा सहजीकरण गर्नु भएको थियो । हामीले जनप्रतिनिधि र कर्मचारी बीच कस्तो सम्बन्ध राखी सेवा प्रवाह गरिरहेका छौं पहिला त्यसको मुल्याङ्कन गर्नु पर्ने बताउनु भयो । अहिले स्थानीय सरकार बनेपछि जनप्रतिनिधिहरुले आफ्ना नजिकका कर्मचारीहरु राख्ने प्रविधी बढेपछि स्थानीय सरकार र संघिय सरकार बिच द्वन्द्व बढेको बताउनु भयो । संघीय सरकाले स्थानिय सरकालाई परिपत्र गरेरे नै उक्त कार्य रोक्न र कानून अनुसार कर्मचारी राख्नुपर्ने बताउनु भएको थियो । संविधानबिद् तथा प्रशासन बिद् काशिराज दाहालले कर्मचारीहरुले सेवा प्रदान गर्दा नेपाल सरकारले अविलम्बन गरेको मुस्कान सहितको सेवा प्रदान गर्नु पर्ने बताउनु भयो । कानूनको अधिनमा रहि सेवा प्रदान गर्नुपर्ने दाहालले बताउनु भयो । अहिले कानूनले स्थानिय सरकारलाई धेरै अधिकार प्रदान गरिएकाले जनताको घर आँगनमा पुग्ने सरकार नै स्थानिय सरकार भएको बताउनु भयो । संविधान सैद्धान्तिक रुपमा लोकतान्त्रिक हुनु मात्र पर्याप्त नहुने, राज्यशक्तिको प्रयोगकर्ता सबैको व्यवहार र आचरणमा लोकतान्त्रिक मुल्य–मान्यता र त्यसप्रतिको पूर्णनिष्ठा र समर्पण भाव स्पष्ट रुपमा देखिनु पर्ने दाहालले बताउनु भयो ।
सेवा प्रवाह, सुशासन, स्मार्ट सेवा प्रवाहका सन्दर्भमा तीन तहको अन्तरसम्वन्ध कायम गर्न राष्ट्रिय परिषद्को स्थापना गर्नुपर्ने, सुशासनका मामिलामा दीर्घकालीन रुपमा गर्नुपर्ने कामको व्याख्या गर्नुपर्ने तथा संघीयताको कार्यान्वयनका लागि तिनै तहका सरकार र कर्मचारीहरु लाग्नुपर्ने दाहालले बताउनु भयो । कार्यक्रममा जीवन शैली प्रशिक्षक डा. राजु अधिकारीले सेवा प्रवाह गर्न शुरुमा आफै सक्षम र स्वस्थ हुनु पर्ने बताउनु भयो । आफ्नो सोच नै सकारात्मक राखी कार्य गर्नुपर्ने बताउनु भयो । सेवाग्राहिलाई नम्र र मिजासिलो ब्यबहार गरि सेवामा सरलीकरण गर्नुपर्ने बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले आफु नगरपालिकामा जनतालाई सहज रुपमा सेवा प्रदान गरिएको बताउनु भयो । कुनै गुनासो आएमा तत्कालै सुनुवाई गरी सेवाग्राहिहरुलाई दुःख नदिएको स्पष्ट पार्नु भयो । यदि कुनै कर्मचारी वा जनप्रतिनिधि दुःख दिएमा सिधै आफुलाई भेट्न सुझाव दिनुभयो । कार्यक्रममा उप प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा अधिकृत लगायत सहभागी रहनु भएको थियो ।









