2026 April 24/ 05:50: 33pm

    बनेपा/सनलाईट बचत तथा ऋण सहकारीको आयोजनामा समुदायमा सहकारीको भुमिका विषयमा अन्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । 
    पूर्व गृह राज्यमन्त्री तथा राष्ट्रिय सहकारी महासघंका संस्थापक अध्यक्ष दिपक प्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बास्कोटाले सहकारीको भुमिका समुदायमा नङ र मासुको जस्तै भएको बताउनु भयो । समुदायले सहकारीको स्थापना भएको र समुदायलाई माथी उठाउन सहारीको भुमिका रहेको हुदाँ समुदायमा सहकारी महत्वपपूर्ण रहेको बताउनु भयो । स–साना पुँजींहरुलाई चलायमान बनाई जनताका आयस्तर उकास्न सहकारीको ठुलो भुमिका रहेको छ । आर्थिक सामाजिक, सास्कृतिक क्षेत्रमा समेत सहकारीको भुमिका रहेकाले सहकारी र समुदाय बीच सम्बन्ध गाढा रहेको बताउनु भयो । कार्यक्रममा जिल्ला सहकारी संघ लि.का पूर्व अध्यक्ष मुकुन्दप्रसाद दाहाल, जिल्ला सहकारी संघ लि.का उपाध्यक्ष अमन पोटे, जिल्ला बचत संघका उपाध्यक्ष तिर्थमाया प्रधान, नेकपा एमाले धुलिखेल नगर कमिटी अध्यक्ष दयराम महत, नेपाली कांग्रेस धुलिखेल नगर समिति सभापति बिदुर बस्नेत, धुलिखेल नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गंगासागर रञ्जितकार लगायतले सहकारीको भुमिकाका बारेमा मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रममा संस्थाका अध्यक्ष पूर्णसागर रञ्जितकारले संस्थाले समुदायमा गरेका सामाजिक कार्यका बारेमा बताउनु भएको थियो । संस्थाले रक्तदान, मन्दिरमा बत्ति बाल्ने, जेष्ठ नागरिकहरुलाई सम्मान, अध्ययन अबलोकन गर्न लागेको बताउनु भयो । कार्यक्रम संस्थाका सल्लाहकार भवसागर रञ्जीतकारले सञ्चालन गर्नु भएको थियो ।