रबि/नेपालकै उत्कृष्ट स्थानमा रहेको सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २९ औ वार्षिकोत्सब तथा २१ औ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपालकै उत्कृष्ट दुग्ध सहकारी संस्था सेतिदेवीलाई नेपाल सरकारले विश्व खाद्य दिवसको अवसरमा उत्कृष्ट संस्थाका रुपमा सम्मान गरेको थियो ।
बागमती प्रदेश भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयका सचिब शरण पाण्डेको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको छ । सचिव पाण्डेले प्रदेश सरकारले विगतका बर्षमा कृषकलाई दुधमा दिएको अनुदानलाई निरन्तरता दिएको बताउनु भयो । सिधै कृषले पाउने गरी प्रतिलिटर दुधमा २ रुपैयाँ अनुदान दिएकाले त्यसलाई थप गर्न पहल गर्ने सचिव पाण्डेले बताउनु भयो । सरकाले कृषकहरुका लागी कृषि ज्ञान केन्द्र र पशुपन्छी कार्यालाय बाट घाँसको विउ, गाई भैसीलाई बिजन, कृषी औजार, विभिन्न कृषि औषधी लगाएतका सामागी्रहरु वितरण गर्दै आएको उहाँले बताउनु भयो । कार्यक्रममा सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्था कृषि तथा पशुपन्छी मन्त्रायलबाट विश्व खाद्य दिवसको अवसरमा देशभरका दुग्ध उत्पादक सहकारी मध्ये उत्कृष्ट घोषणा गरी पुरस्कृत गरेको संस्थाका अध्यक्ष चर्तुभुज तिमल्सिनाले बताउनु भयो । विगत बर्षहरुमा समेत उक्त सहकारी सम्मानित हुदै आएको अध्यक्ष तिमल्सिनाले बताउनु भयो ।
दुग्ध उत्पादनमा स्वच्छ र गुणस्तरीय दुग्ध खरिद विक्री गरीएको, आधुनिक प्रकारका मेशिन तथा औजारको प्रयोग तथा उपयोग गरी संस्थालाई विश्वसनीय र पारदर्शी बनाएका कारण देशभरमै उत्कृष्ट सहकारी छानिएको बताएको छ । संस्थाका अध्यक्ष तिमल्सिनाले संस्थाले दैनिक १ हजार लिटर दुग्ध उत्पादन गर्ने गरी गाईको स्रोत केन्द्रको रुपमा बिकास गर्ने उदेश्य सहित नेपाल लाईभस्टक सेक्टर इनोभेशन आयोजनाको ५० प्रतिशत अनुदानमा १०० वटा गाई पाल्ने परियोजना २ करोड लागतमा शुरु गरिएको बताउनु भयो । संस्थाले आर्थिक बर्ष २०७७÷०७८ मा २० लाख ८९ हजार ९ सय ९७ लिटर दुध खरिद गरिएको र १२ करोड ३६ लाख २२ हजार १ सय ५१ रुपयाको विक्रि गरिएको बताउनु भयो । संस्थाको कुल आम्दानी १६ करोड ४४ लाख ४ हजार ३ सय ३९, कुल खर्च १६ करोड ३९ लाख ६६ हजार ३ सय, शेयर पुँजी १ करोड ९५ लाख १३ हजार ७ सय रहेको छ । संस्थाले स्वच्छ दुध संकलन तथा विक्रिका लागी बिहान बेलुका दुध संकलनलाई निरन्तरता दिएको, उत्कृट किसान, विद्यार्थी जेष्ठ नागरीक सम्मानलाई निरन्तर दिएको छ भने पशु आहार कारखाना स्थापना गरी आवश्यक दाना तथा पिठो उत्पादन गर्ने, कृषक तथा कर्मचारीलाई आवशयक तालिमको ब्यबस्था गर्ने संस्थाका अध्यक्ष चर्तुभुज तिमल्सिनाले बताउनुभयो ।
कार्यक्रममा संस्थाको बार्षिक प्रतिबेदन सचिब सुनिता सापकोटाले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष धुर्वप्रसाद चौलागाईले प्रस्तुत गर्नु भएको थियो भने लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक कृष्णबहादुर संयोजकले सभामा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा वागमति प्रदेश दुग्ध विकास वोर्डका कार्यकारी उपाध्यक्ष टिकाबल्दभ सापकोटा, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक रामप्रकाश प्रधान, भेटेरीनरी अस्पताल तथा पशुसेवा केन्द्रका डा.मोगोल प्रसाद शाह, कृषि ज्ञान केन्द्रका प्रमुख तेज प्रसाद दवाडी, काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिका अध्यक्ष नारायण बडाल, धुलिखेल नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रमेशप्रसाद घोरसाईने, २ नम्बरका वडा अध्यक्ष देवप्रसाद कोईराला, साना किसान कृषि सहकारी संस्था लिका अध्यक्ष शालिकराम न्यौपाने लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा जेष्ठ सदस्य शैक्षिक सम्मान र उत्कृष्ट किसान अर्जुनप्रसाद न्यौपानेलाई सम्मान गरिएको थियो । न्यौपानेले १ वर्षमा ३८ हजार ८ लिटर वार्षिक दुध विक्री गरी उत्कृष्ट बन्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य सञ्चालक विदुर कोईरालाले राख्नु भएको थियो भने सञ्चालन प्रबन्धक हरिहर अधिकारीले गर्नु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष चर्तुभुज तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो ।









