बनेपा/हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका ब्यक्तिको अधिकार भन्ने मुल नाराका साथ बनेपा नगरपालिकाको आयोजनामा ३० औ अन्तराष्ट्रिय अपाङ्गता दिबस मनाएको छ ।
नगर भित्र रहेका विभिन्न संघ संस्था तथा अपाङ्गता भएका ब्यक्तिहरु नगरका कर्मचारी जनप्रतिनिधी सहितको सहभागितामा नगर परिक्रमा गरिएको थियो । नगर परिक्रमा गरी कार्यक्रममलाई सभामा परिणत गरिएको थियो । सभामा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिंह बादेले नगर परिक्रमा गरेर नै हामी पनि कमजोर छैनौ र केहि गर्न सक्छौ भन्ने उदाहारण प्रस्तुत गरेको बताउनु भयो । अवसर प्राप्त भएमा हामी पनि काम गर्न सक्ने र त्यस्तो वातावरण हामीहरुले बनाई दिनुपर्ने पताउनु भयो । नगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुका लागी छुट्टै बजेट बिनियोजित गरी उनिहरुलाई क्षमता अनुसारको सिपमूलक तालिम प्रदान गर्दै आएको र उक्त तालिमलाई निरन्तरता दिने बताउनु भयो । नगरले भवन निमार्णमा नै अपाङ्ग मैत्री निमार्णका लागी शुरुकै चरणमा ध्यान दिएको बताउनु भयो ।
कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहालले कोभिड–१९ का कारण अपाङ्गता भएका बालबालिका सिकाईबाट बन्चित हुनुपरेको बताउनु भयो । सापकाटाले बालबालिकाले अझै पनि सबै अपाङ्गता भएका बालबालिकाको पहुँचमा नेपालको शिक्षा नभएको बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, महिला तथा जेष्ठ नागरिक शाखा अधिकृत बिजया सुबेदी, वडा अध्यक्ष कृष्णप्रसाद दाहाल, अपाङ्गता भएका ब्यक्तिहरुको तर्फबाट विन्दा भुर्तेल लगाएतका ब्यक्तिहरुले शुभकामाना मन्तब्य राख्नु भएको थियो ।









