भकुण्डेबेशी/नमोबुद्ध नगरपालिकाले आठांै स्थापना दिवस मनाएको छ । विविध कार्यक्रमका साथ मनाईएको स्थापना दिवसमा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
बागमती प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य चन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै पूर्वमन्त्री चन्द्र लामाले विकासको अभियान सुरुवात गरिएको बताए । त्यसमा पनि आफ्नै गृहनगर नमोबुद्धलाई विशेष प्राथमिकता राखेको बताए । प्रदेशसभा सदस्य गोमा भुर्तेलले समग्र नमोबुद्ध नगरको विकासका लागि, महिला सशक्तिकरणका लागि आफूहरुले सक्दो पहल गरिरहेको र समृद्ध नगरको अभियानमा आफूहरु साथै रहेको बताइन् । नगर प्रमुख टी.पी. शर्मा तिमल्सिनाले आफूहरु निर्वाचित हुनुअघि जनतासामु गरेका प्रतिबद्धता पूरा गर्ने अभियानमा सक्रियतापूर्वक लागेको बताए । कार्यक्रममा नगर उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, नेकपा एमालेका नगर अध्यक्ष कृष्ण खनाल, नेपाली कांग्रेसका नगर उपसभापति इन्द्रबहादुर दाहाल, माओवादी केन्द्रका नेता हरि तिमल्सिना लगायतले मन्तव्य राखेका थिए । नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले विविध साँस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । नगरपालिकाले सर्वोत्कृष्ट कर्मचारीको रुपमा कार्यालय सहयोगी निरमाया लामालाई सम्मान गरेको थियो ।









