धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासत कक्ष र कारागार कार्यालयमा रहेका थुनुवा कैदीहरुलाई ब्लाङ्गकेट हस्तान्तरण गर्नु भएको छ ।
धुलिखेल अस्पतालका प्रबन्ध शाखा प्रमुख निरुपा माकजु श्रेष्ठबाट जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको हिरासत कक्ष र कारागार कार्यालय काभ्रेपलाञ्चोकमा रहेका थुनुवा÷कैदी बन्दीहरुको लागि ५० थान ब्ल्याङकेट प्राप्त भएको थियो । उक्त ब्लाङकेट जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीलाई हस्तान्तरण गरे लगत्तै उहाँले थुनुवा तथा कैदी बन्दीलाई हस्तान्तरण गर्नु भएको थियो ।









