मादनकँुडारी/सिर्जनशील जनता माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई जुम्ल्याहा इन्जिनियर राम– लक्ष्मण लामा विज्ञान तथा प्रविधि पुरस्कार र समाजसेवी च्याङबा तामाङ (खाईबा लामा) गरीब तथा जेहेन्दार पुरस्कार वितरण गरिएको छ ।
मंसिर ८ गते विद्यालय स्तरीय परीक्षाको परीक्षाफल प्रकाशित गर्दै विभिन्न विषयमा उच्चतम अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई उक्त पुरस्कारहरू वितरण गरिएको हो । जसअन्र्तगत जुम्ल्याहा इन्जिनियर राम–लक्ष्मण लामा विज्ञान तथा प्रविधि पुरस्कार कक्षा ९ की छात्रा स्वेता तामाङ, कक्षा ८ की छात्रा सन्ध्या लामा, कक्षा ७ की छात्रा लक्ष्मी गौतम र समाजसेवी च्याङबा तामाङ (खाईबा लामा) गरीब तथा जेहेन्दार पुरस्कार कक्षा ७ की रञ्जिता भुजेलले प्राप्त गर्नु भएको थियो । शैक्षिक सत्र २०७७÷७८ देखि लागु गरिएको उक्त पुरस्कारहरू उक्त विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीहरूको विज्ञान, गणित र अंग्रेजीमा उच्चतम् औसत अंक प्राप्त गर्ने ३ जना विद्यार्थीहरूलाई प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो । पुरस्कारको राशी जनही ५ हजार रहेको छ । नतिजा प्रकाशन समारोहमा बोल्दै पुरस्कारका संस्थापक डा.राम लामाले विज्ञान, गणित र अंग्रेजी विषयमा विद्यार्थीहरू दक्ष भयो भने भविश्यमा जुनसुकै क्षेत्रमा पनि प्रवेश पाउने धारणा राख्नु भएको थियो । ग्रामीण भेगका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले पनि अवसर पाएको खण्डमा शैक्षिक क्षेत्रमा प्रगति गर्न सक्ने संभव भएको हँुदा यो पुरस्कारले थोरै भए पनि विद्यार्थीहरूलाई प्रेरणा मिल्ने अपेक्षा भएको कुरा बताउनु भएको थियो ।
चांैरीदेउराली गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष विरबल लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पुरस्कारका संस्थापकद्धय डा.राम लामा र इन्जिनीयर लक्ष्मण लामा, सिर्जनशील पूर्व विद्यार्थी समाजका सदस्य जितबहादुर लामा, पूर्व विद्यार्थी क्षितिज लामा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक–अभिभावक संघका पदाधिकारीहरू, शिक्षकहरू, अभिभावकहरू लगायतको उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झम्कबहादुर गौतमको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजीव लामाले स्वागत मन्तव्य राख्नु भएको थियो भने सञ्चालन शिक्षकद्धय सुनिता लामा र आशाराम दोङले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले अ–आफ्नो कला समेत प्रस्तुत गर्नु भएको थियो ।









