2026 April 24/ 04:05: 38pm

आरामदायी फम र म्याट्रेस बनेपामा
    बनेपा/बनेपामा आईएसओ प्राप्त म्याट्रेस तथा फमको शो रुम शुभारम्भ गरिएको छ । शनिबार बनेपामा एक कार्यक्रमका बीच उक्त शो रुमको कलाकार ‘सिते बा’ ले शुभारम्भ गर्नु भएको छ । 
    बनेपामा युनाईटेड ट्रेडले शो रुम स्थापना गरेको हो । काठमाडौ, बुटवलमा समेत शाखा स्थापना गरिसकेको युनाईटेड ट्रेडको आफ्नै उत्पादन युनाईटेड फम र म्याट्रेस इन्डस्ट्रिज प्रालि मार्फत हुने गरेको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त उक्त उद्योगले उत्पादन गरेका सामाग्रीहरु विक्री वितरण गर्ने गरी बनेपामा शाखा शुरु गरिएको हो । बनेपामा पहिलो पटक उक्त उद्योगबाट स्थापना गरिएका सम्पूर्ण म्याट्रेस तथा फमहरुको थोक तथा खुद्रा मुल्यमा विक्री वितरण शुरु गरिएको हो ।  
    प्रालिले ढाड नदुख्ने १२ वर्ष सम्मको ग्यारेन्टी पियु फम, सिरानी, तन्ना, कुशन, कभर, फर्निचरहरु उत्पादन, आधुनिक सोफा, रोयल सोफा, बेडहरु होलसेल मुल्यमा उपलब्ध गराउने भएको छ । प्रालिले शो रुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई अफिस, फर्निचर घरायसी सामानहरुमा १० देखि २५ प्रतिशत छुट दिन शुरु गरेको छ । प्रालिका प्रमुख कार्यकारी अधिकृत सदाब अलामका अनुसार विरामीहरुका लागि र विरामी हुन नदिनका लागि उक्त कम्पनीका सामानहरुले सहयोग पु¥याउने छ ।