2026 April 24/ 04:05: 38pm

    धुलिखेल/धुलिखेल अस्पतालमा रहेको सिमुलेसन ल्याबलाई अझै ब्यवस्थित बनाउँदै धुलिखेललाई नमुना अस्पताल र तालिम सेन्टरका रुपमा प्रदेशका अन्य जिल्लामा लैजाने बागमती प्रदेशका सामाजिक विकास मन्त्री निमा लामाले बताउनु भयो ।  
    धुलिखेल अस्पतालमा संचालित पाँच दिने सिमुलेसन ल्याव प्रशिक्षक प्रशिक्षण तालिमको समापनका क्रममा बोल्दै मन्त्री लामाले धुलिखेल अस्पताललाई बागमती प्रदेश स्तरीय नमुना अस्पतालका रुपमा विकास गर्दै अन्य जिल्लामा पनि यस्तो सुविधा पु¥याउन सरकारले पहल गर्ने बताउनु भयो । स्वास्थ्य क्षेत्रको एउटा मोडल धुलिखेल अस्पताल भएकाले यसलाई अझै सशक्त र गुणस्तरीय बनाउन आफ्नो तर्फबाट पहल गर्ने मन्त्री निमाले बताउनु भयो । अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजुले धुलिखेल अस्पतालले शुरु गरेका हरेक सेवा समुदायप्रति जिम्मेवार र गुणस्तरीय हुने बताउनु भयो । अस्पतालले उपचार मात्रै नभई उपचारमा गुणस्तरीय सेवा उपलब्ध गराउँछ भन्ने विश्वास दिलाउने काम धुलिखेलले गरेको कार्यकारी निर्देशक डा. रामकण्ठ माकजुले श्रेष्ठले बताउनु भयो । 
कार्यक्रममा काठमाडौ विश्वविद्यालयका डिन. प्राध्यापक डा. राजेन्द्र कोँजुले सिमुलेसन ल्याबले नागरिकहरुलाई गुणस्तरीय सेवा दिन स्वास्थ्यकर्मीहरुको क्षमता बृद्धि गरेको बताउनु भयो । कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख डा. पुरुषोतम सुवेदी, डा. रश्मी तथा सिमुलेसनसँग सम्वन्धित ब्यक्तिहरुले त्यसको महत्व र आवश्यकताका बारेमा चर्चा गर्नु भएको थियो ।