2026 April 24/ 05:49: 06pm

धुलिखेल/एएसएफ नेपालको आयोजनामा जिल्ला भूमि मन्च काभ्रेको समन्वयमा भूमिहिन सुकुम्बासी समस्या समाधान विषयक जिल्ला स्तरीय अन्तर सम्बाद कार्यक्रम सम्पन्न भएको छ । 
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धब केसीको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा जिल्लाका मालपोत, नापी, बन, सञ्चारकर्मी र भुमिहिनको सहभागिता रहेका थियो । कार्यक्रममा समन्वय प्रमुख उद्धब केसीले भुमिहिन आयोग बन्दै जाने, भुमिहिनको लगत संकलन मात्र गरेर भुमिहिनमाथी कुठाराघात गरेको बताउनु भयो । जिल्लामा ३ हजार २ सय २० जना भुमिहिनको तथ्याङ्क रहेकाले उनिहरुलाई चाँडो ब्यबस्थापन गर्नुपर्ने बताउनु भयो । नेपाल सरकारले भुमिहिनलाई रु २ लाख दिएर धेरै राहत भएको तर उनिहरुलाई २ लाखले केहि गर्न नसकिने भएकाले उनिहरुलाई जग्गा नै ब्यबस्थापन गर्नुपर्ने बताउनु भयो । 
कार्यक्रममा मालपोत कार्यालयका अधिकृत कृष्णप्रसाद सापकोटा, नापी अधिकृत, पाँचखाल नगरपालिका अधिकृत, गैसस महासघंका अध्यक्ष टोम प्रसाद सापकोटा  लगाएतका ब्यक्तिहरुलाई लालपुर्जा विहिनलाई चाँडो लालपुर्जा वितरण गर्न र भुमिहिनलाई चाँडो ब्यबस्थापन गर्न राज्यलाई दबाब दिनुपर्ने बताउनु भयो । कार्यक्रममा सहजीकरण राजकुुमार कुंवरले गर्नु भएको थियो भने अध्यक्षता भूमि अधिकार मन्चका अध्यक्ष राम बहादुर तामाङले गर्नु भएको थियो ।