बनेपा/बनेपा हस्पिटलको आयोजनामा गत शुक्रबार एकदिने दम तथा कोभिड भई सकेका महानुभावहरुको फोक्सोको निःशुल्क जाँच गरिएको छ ।
अस्पतालका डा. गेहेन्द्र कायस्थका अनुसार शिबिरमा ४५ जनाको फोक्सोको परिक्षण गरिएको थियो । अस्पतालले सामाजिक कार्य अनुसार आगामी दिनमा विभिन्न स्वास्थ्य शिबिर गर्दै जाने कायस्थले बताउनु भएको छ । अस्पतालमा प्रत्येक शनिबार विभिन्न रोगका विशेषज्ञ आई स्वास्थ्य परिक्षण गर्दै आइरहेको छ ।









