पनौती/मस्कुलर डिस्ट्रोफि अर्गनाइजेशन नेपालले अपांगता भएका व्यक्ति र उनीहरुका संरक्षकका लागि तालिम दिन सुरु गरेको छ ।
पनौतीमा सुरु भएको तालिममा १५ जना सहभागी छन् । उनीहरुलाई हस्तकला सामाग्री उत्पादन सम्बन्धी तालिम प्रदान गरिने अध्यक्ष निर्मल खड्काले जानकारी दिनुभयो । तालिम १५ दिनसम्म चल्ने छ । उत्पादित सामाग्रीको बजारीकरणका लागि पनि आफुहरुले सहयोग गर्ने अध्यक्ष खड्काले बताउनुभएको छ । अपांगता भएका व्यक्तिको परिवारलाई रोजगारी दिएमा अपांगता भएका व्यत्तिलाई समेत दैनिकी चलाउन सहज हुने विश्वासका साथ तालिम सुरु गरिएको हिमालय स्वर लालमुलले बताउनुभयो । अपांगता भएकाहरुको परिवारलाई बेवास्ता गरिएको उहाँको गुनासो छ । जिल्लामा नै पहिलो पटक अपांगता भएका व्यक्तिका संरक्षकका लागि तालिम सुरु गरिएको हो । यस्तै प्रशिक्षक सावित्री अदुवाले तालिमले रोजगारी सिर्जना र आयआर्जन वृद्धिमा सघाउ पु-याउने बताउनुभएको छ । मस्कुलर डिस्ट्रोफि अर्गनाइजेशन नेपालले अपांगताको क्षेत्रमा विगत १५ वर्षदेखी काम गर्दै आएको छ ।









