2026 April 24/ 05:50: 30pm

कुशादेवी/लेखनाथ घिमिरे सुशिल स्मृति सहयोग कोष समितिले मृतक परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । 
पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले विभिन्न व्यक्ति र संघ संस्थाबाट कोषलाई प्राप्त भएको ११ लाख ९० हजार ८ सय ५ रुपैयाँ परिवारलाई हस्तान्तरण गर्नु भएको थियो । पनौती नगरपालिका वडा नम्बर ३ घिमिरेगाउँ निवासी साधुराम घिमिरे र पार्वती घिमिरेका छोरा सुशिलको विद्युतको काम गर्ने क्रममा गत कार्तिक २४ गते मृत्यु भएको थियो । उनको परिवारलाई सहयोग पु¥याउन कोष स्थापना गरिएको हो ।  परिवारको आर्थिक अवस्थालाई मध्यनजर गर्दै परिवारको जीवनयापन सहज बनाउन आर्थिक सहयोग उपलब्ध गराइएको कोषका संयोजक बालचन्द्र आचार्यले बताउनु भयो ।