2026 April 24/ 05:49: 07pm

    देउपुर/जिल्ला काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका वडा नं. ५ स्थितमा रहेको तपेश्वर माध्यमिक विद्यालयमा एक बिशेष कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्याकय, काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीद्वारा माध्यमिक र उच्च माध्यमिक तहमा अध्यनरत १०० जना विद्यार्थीहरुलाई प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले समाजमा शान्ति सुरक्षा र अमन चयन स्थापनामा प्रहरीको भूमिका, समाजमा असल नागरीकको भूमिका, कानून कार्यान्वयन प्रणाली, सामाजिक अपराध, सोको रोकथाम तथा नियन्त्रणका उपायहरुजस्ता बिषयहरुमा एक दिवसीय प्रस्तुतीकरण गर्नु भएको थियो भने सहभागी विद्यार्थीहरुले प्रहरीको काम कारबाही र प्रहरी सम्बन्धि बिभिन्न जिज्ञासाहरु राखेको र उक्त प्रश्नहरको सम्बोधन गर्नु भई जवाफ दिनु भएको थियो । सोही विद्यालयका शिक्षक सुरेन्द्र पौडेलले उक्त कार्यक्रम अत्यन्त फलदायी भएको र विद्यार्थीहरुमा प्रहरी प्रतिको दृष्टिकोणमा सकारत्मक परिवर्तन भएको भन्ने धारणा व्यक्त गर्नु भई यस्तो कार्यक्रमहरुलाई भविष्यमा समेत निरन्तरता दिएमा समाजमा शान्ति सुरक्षाको स्थिति थप सुदृढ हुने अपेक्षा राख्नु भएको थियो ।