पनौती/लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा विभिन्न संघ संस्थाको प्राविधिक सहयोगमा पाठेघर एवं स्त्रीरोग र दन्त शिविर आयोजना गरिएको छ ।
रोटरी क्लब अफ काभ्रे भ्यालीको प्राविधिक सहयोगमा सुप्रिम डेन्टल क्लिनिक र बनेपा हेल्थ केयरले शिविरमा सहयोग गरेका थिए । शिविरमा १ सय ४४ जनाले सहभागिता जनाउँदै ५८ जनाले दाँत सम्वन्धी सेवा लिएका थिए भने ४४ जनाले पाठेघर र स्त्रीरोगसँग सम्बन्धित सेवा लिएका थिए । सुप्रिम डेन्टल केयरले आगामी दिनमा विभिन्न सहकारी तथा अन्य संघ संस्थासँगको समन्वयमा शिविर संचालन गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।









