बल्थली/नेपाल रेडक्रस सोसाइटी बल्थली उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गर्नु भएको छ ।
पनौतीमा रहेको सामुदायिक साकोसको सह–आयोजना रहेको कार्यक्रममा लड्केश्वर युवा क्लबको सहयोग रहेको थियो । सामुदायिक सकोसका अध्यक्ष प्रकाश बञ्जारा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा साकोसका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेत, लेखा संयोजक हरिप्रसाद तिमल्सिना, नेपाल रेडक्रस सोसाइटी महेन्द्र ज्योति उपशाखाका सभापति मुकुन्द शर्मा लगायतका व्यक्तिहरु अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो । शाखाका सचिव राजु थापाले सञ्चालन गर्नु भएको कार्यक्रमका उपशाखाका सहसचिव रोशन अर्याल, सदस्यहरु बासु केसी, रामभक्त थापा, उज्ज्वल अर्याल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम उपशाखाका सभापति मुकुन्द अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो । उपशाखाले हरेक वर्ष हरिबोधिनी एकादशीका दिन लड्केश्वर महादेव मेलाको अवसर पारी रक्तदान कार्यक्रम गर्दै आएको र यो वर्ष पनि त्यसैको निरन्तरता रहेको सदस्य उज्जव अर्यालले जानकारी दिनुभयो ।









