पनौती/विश्व मधुमेह दिवसको अवसरमा पनौतीमा निःशुल्क मधुमेह जाँच शिविर तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ । पनौती नगरपालिका, स्वास्थ्य शाखाको आयोजनामा रोटरी क्लब अफ पनौती र रोट्¥याक्ट क्लब अफ पनौतीको सह–आयोजना तथा उलक्स डाइट पाथको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
त्यस्तै धुलिखेल अस्पतालले धुलिखेलमा निःशुल्क शिविर र जनचेतनामुलक ¥याली आयोजना गरेको छ । धुलिखेलका विभिन्न स्थानमा गरिएको -यालीमा मधुमेहबाट बच्न र रोग नियन्त्रण गर्न नागरिकहरुको सचेतना अपनाउनु पर्ने चेतनामुलक प्ले कार्ड राखिएका थिए । सोहि -याली पछि निःशुल्क शिविर आयोजना गरिएको थियो । कार्यक्रममा उपप्रमुख विमला शर्मा, धुलिखेल अस्पतालका डाक्टर आभा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
पनौतीमा शिविरमा १ सय भन्दा बढी स्थानीयको ब्लड सुगर र रक्तचापको जाँच गरिएको रोट्¥याक्ट क्लब अफ पनौतीका अध्यक्ष आशुतोष केसीले जानकारी दिनु भयो । पनौतीका नगर प्रमुख भीम न्यौपानेले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पछिल्लो समय नसर्ने रोग हुँदाहुँदै पनि बदलिँदो रहनसहसन, जीवनशैली र खानपानले मधुमेह रोगले बिस्तारै युवावर्गलाई समेत गाँज्दै रहेको सन्दर्भमा नगरपालिकाको कार्यक्रमलाई रोटरी र रोट्¥याक्टजस्ता संस्थाहरुले सहकार्य गरेर जनस्वास्थ्य क्षेत्रमा योगदान गर्दै आएको बताउनु भयो । रोटरी क्लब अफ पनौतीका अध्यक्ष इन्जिनियर सितु सैंजुले नेपालजस्ता विकासोन्मुख देशका नागरिकहरू नसर्ने रोगहरूमध्ये मधुमेह रोगबाट बढी प्रभावित हुन थालेकाले बेलैमा सचेत भएर खानपीनमा ध्यान दिने हो भने रोग लाग्नबाट बच्न सकिने बताउनु भयो । पोषणविज्ञ एवं उलक्स डाइट पाथकी प्रबन्ध निर्देशक नमूना उलकले कार्यक्रममा मधुमेहबाट बच्नका लागि खानपीनमा दिनु पर्ने ध्यानबारे जानकारी दिनु भएको थियो । कार्यक्रममा संविधान सभा सदस्य रामहरि सुवेदी, पनौती वडा नं ४ का वडा अध्यक्ष बुद्धसिंह थापा, वडा नं ९ का वडाध्यक्ष सहकुलकुमार हुमागाईं, केयु स्कूल अफ मेडिकल साइन्सेजका प्राध्यापक एवं स्त्री तथा प्रसूति विशेषज्ञ डा. सुमनराज ताम्राकार, रोटरी क्लब अफ पनौतीका निर्वाचित अध्यक्ष मधुसुधन गुरागाईं, इन्ट-याक्ट क्लब अफ सिद्धार्थ वनस्थलीकी पूर्व अध्यक्ष सदिश्मा केसी, निवर्तमान अध्यक्ष जया मग्रान्ती लगायत रोटरी, रोट्¥याक्ट र इन्ट¥याक्ट क्लबका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।









