2026 April 24/ 03:19: 56pm

बनेपा/नेपाल अपाङ्ग महिला सघं काभ्रेको छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    प्रमुख दाहालले नगरपालिकाले अपाङ्गता भएका बयक्तिहरुलाई समेटेर विभिन्न कार्यहरु गर्दै आएको बताउनु भयो । नगरपालिकाले भवनहरुको नक्सा पास गर्दै अपाङ्ग मैत्री बनाउनु पर्ने, विद्यालय अपाङ्गमैत्री बनाएको, १४ वटै वडामा स्वास्थ्य चौकी अपाङ्ग मैत्री बनाएको, अपाङ्गता भएकालाई प्रत्येक महिना कार्ड वितरण गर्दै आएको, शिपमूलक तालिम प्रदान गरेको बताउनु भयो । अपाङ्गता भएका ब्यक्तिले आत्मबल बढाउनु पर्ने र समाजमा म पनी केहि गर्न सक्छु भन्ने आँट गर्नेु पर्ने उप प्रमुख रेखा सापकोटा दाहालले भन्नु भयो । 
कार्यक्रममा नेपाल अपाङ्ग महासंघका महासचिब मिना पौड्याल, गैसस महासंघका अध्यक्ष टोम प्रसाद सापकोटा, बनेपा नगरपालिका ९ नम्बर वडा अध्यक्ष शेर बहादुर सुवाल, सुस्त मनस्थिति कल्याण संघका केन्द्रिय सदस्य लम्बोदर कायस्थ, लगायतका ब्यक्तिहरुले शुभकामना राख्दै अपाङ्गता भएका ब्यक्तिहरुले पनि काम गर्न सक्ने बताउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य संघकी उपाध्यक्ष निर्मला देउलाले राख्नु भएको थियो । कार्यक्रम संघकी अधयक्ष शर्मिला मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन पम्फा पुर्कुटीले गर्नु भएको थियो ।