2026 April 24/ 03:20: 02pm

बनेपा/परदेशमा बसेर पनि नेपाली गीत सङ्गीत क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आइरहनु भएकी गीतकार तथा समाजसेवी सुधा मरहट्ठाले सहारा सगरमाथा अवार्डमा बेल्ट म्युजिक भिडियो अफ द यर २०७८ बाट सम्मानित हुनु भएको छ । जुन गीतको लेखक र निर्माता सुधा आफै हुनुहुन्छ भने सङ्गीत र स्वर केशव भावुकको रहेको छ साथै अस्मिता अधिकारीको स्वर पनि रहेको छ । आर्यन सिग्देल र सृष्टि खड्काको अभिनय रहेको सो म्युजिक भिडियोलाई शसान कँडेलले निर्देशन गरेका हुन् । “फुल फुल्यो भवरा भुल्यो” बोलको गीत अहिले साङ्गितिक बजारमा निकै चर्चामा रहेको छ । 
गीतकार सुधा मरहट्ठा समाजसेवामा पनि निकै अगाडि हुनुहुन्छ । उहाँ विभिन्न संघसंस्थामा आबद्ध रहेर सामाजिक सेवा पनि गरिरहनुभएको छ । सुधा हाल बेलायत बस्दै आइरहनु भएको छ ।