2026 April 24/ 03:20: 05pm

बनेपा/क्रियटिभ बचत तथा ऋण सहकारी संस्थालि. बाह्रौँ स्थापना दिवस एक कार्यक्रम गरी सम्पन्न गरेको छ ।  
संस्थाले स्थापनाकाल देखी हालसम्म संस्थालाई योगदान गर्नुहुने व्यवस्थापन समितिका पदाधिकारीहरु, कर्मचारी, सहयोगी संस्थाहरुलाई सम्मानपत्र तथा मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार अशोक कुमार श्रेष्ठले संस्थाले स्थापनाकाल देखि हालसम्म गरेका गतिविधिहरु र भावी योजनाको बारेमा बताउनु भएको  थियो । साथै संस्थाका पूर्व व्यवस्थापक ऋषिराम वैद्य, पूर्व कोषाध्यक्ष देवी मानन्धर, शिक्षा तथा सामाजिक समितिका सदस्य अनुप कुमार श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो । 
कार्यक्रममा धन्यवाद मन्तव्य लेखा तथा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मण हुमागाईले गर्नु भएको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय बालदिवसको उपलक्ष्यमा भएको चित्रकला प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो, चौथो र सान्त्वना स्थान हासिल गर्न सफल हुनु भएका बाल बचत कर्ताहरुलाई संस्थाकि अध्यक्ष कमला श्रेष्ठले पुरस्कार प्रदान गर्नु भएको थियो । संस्थाले आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासका लागि थप योजना बनाई अगाडि बढ्ने संस्थाकी अध्यक्ष कमला श्रेष्ठले  बताउनु भयो । 
कार्यक्रम संचालन संस्थाकी व्यवस्थापक अनिला मानन्धरले गर्नु भएको थियो भने सभापतित्व संस्थाकी अध्यक्ष कमला श्रेष्ठले गर्र्नु भएको थियो ।