बनेपा/प्रगति प्रभात उच्च माध्यामिक विद्यालयका एसएलसी २०५६ का विद्यार्थीको पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ ।
धुलिखेलमा आयोजित कार्यक्रममा तीन जना पूर्व प्रधानाध्यापक र २ जना शिक्षकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा पूर्व प्रधानाध्यापक जयन्द्र प्रधान, शिव बञ्जारा र राजेन्द्र श्रेष्ठ रहनु भएको छ । त्यसैगरी शिक्षकहरु नेत्र बस्नेत र लेखनाथ ढकाललाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य रबि बन्जाराले राख्नु भएको थियो भने कार्यक्रम संचालन गोविन्द तिमल्सिनाले गर्नु भएको थियो । कार्यक्रममा मुकुन्द विष्टले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।









