2026 April 24/ 05:50: 31pm

बनेपा/बनेपा नगरपालिकाले फोहोर ब्यबस्थापनका लागी नयाँ कम्पनी सँग सम्झौता गरेको छ । पुरानो कम्पनीले सम्झौता बमोजिम काम नगरेपछि नगरपालिकाले सम्झौता तोडेको प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले बताउनु भयो । नयाँ कम्पनीसँग सम्झौता गरे लगत्तै फोहोर ब्यवस्थापनमा कडाई गरिएको छ । दैनिक नगरबासीहरुको घरघरमा सवारी साधन फोहोर संकलन गर्न जाने भएकाले सडकमा फोहोर फाल्नेलाई जरिवाना सहित कारवाही गर्ने नगरपालिकाले जनाएको छ । 
    विगत तीन वर्ष देखी ग्रिन पिस सेनिटेसन प्रालिलाई सम्झौता गरी नगरलाई सरसफाई तथा फोहोर ब्यबस्थापनको जिम्मा दिएको थियो । उक्त कम्पनी मार्फत नगरको नकुहिने फोहोरलाई जापनिज मेशिनबाट प्रशोधन गर्ने र कुहिने फोहोरलाई कम्पोष्ट मल बनाउन तयारी गरेको थियो तर नगरबासीहरुको अवरोधका कारण उक्त कम्पनीले दुबै काम गर्न नसके पछि नगरको फोहोर ब्यवस्थापनमा कठिनाई हुदै आएको थियो । केहि महिना देखी नगरपालिका आफैंले फोहोर संकलन गरी सिसडोल पु¥याउदै आएको थियो । २०७८ कार्तिक ७ गते बाट नयाँ कम्पनी परिवर्तन सेवा प्रालि मार्फत फोहोर संकलन र नगर सरसफाई गर्ने बताएको छ । उक्त कम्पनिले सम्झौता पछि नगरको फोहोर संकलन दैनिक रुपमा उठाउन थालेको छ । नगरपालिका र कम्पनीले नगरबासीहरुलाई फोहोर ब्यबस्थापनका लागी सहयोग गर्न अनुरोध गरेको छ । कुहिने र नकुहिने फोहोरलाई छुट्टै राख्ने, आफ्नो घर÷पसलबाट निस्कने फोहोरलाई जथाभाबी नफाली गाडिमा मात्र राख्ने, सार्वजनिक सरसफाईमा सहभागिता जनाउने, प्लाष्टिकका झोलालाई कम प्रयोग गर्ने, निर्माण सामाग्रीलाई फुटफाथमा नराख्ने, नगरपालिका वा सम्बन्धित संस्थाबाट जारी गरेको सुचनालाई पालना गर्ने, बालबालिकालाई सरसफाई र संस्कार घरबाटै प्रदान गर्ने लगायतका सन्देशहरु जारी गरेको छ । नगरपालिकाले जारी गरेको सुचनालाई बेवास्ता गरेमा वा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई ५ सय देखी १ लाख जरिवाना र ३ महिना कैद वा दुवै सजायँ हुने बताएको छ ।