2026 April 24/ 02:35: 20pm

बनेपा/बनेपा नगरपालिका वडा नं ११ को काँग्रेस वडा समितिले देउसीभैलोबाट संकलित रकम असाहयलाई वितरण गर्ने भएको छ ।
नेपाली कांग्रेसका वडा सभापति राजेन्द्र थापाले देउसी भैलोबाट जम्मा भएको १ लाख ८० हजार ९ सय  रुपैयाँ वडाका एकल महिला, अशक्त, जेष्ठ नागरिक, अति न्यून अवस्था भएकालाई  सहयोग गरिने बताउनु भयो । थापाले चाडपर्वहरुलाई संरक्षण गर्ने र धर्म संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले देउसी भैलो कार्यक्रम गरिएको बताउनु भयो । देउसीभैलो कार्यक्रमलाई रमाईलो र संस्कृति झल्काउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थापाको भनाई थियो । देउसी भैलो कार्यक्रममा गायक सुमन गौतम, गोकुल बानिया, मदन गौतम, मन्जु थापा, भवानी दाहाल, सरस्वती गौतम, सिता गौतम, नृत्यमा जस्मीना थापा, सन्ध्या तिमल्सिना लगायतका कलाकारहरुको उपस्थितिको रहेको थियो ।