2026 April 24/ 02:37: 16pm

बनेपा/ज्योती शिव केन्द्र तथा अनन्त गुठीको आयोजनामा बनेपाको पार्टी भेन्युमा कार्तिक २७ देखी मंसिर ४ सम्म ज्ञान महायज्ञ हुने भएको छ । 
महायज्ञको मुल उद्देश्य भनेको धर्मको संरक्षण गर्नु, आत्माहरुको उद्धार गर्नु, आफ्ना सन्तानहरुलाई संस्कार विधि र बनेपाको पवित्र देव देवीहरुको भुमिबाट पहिलो शिव पुराण ज्ञान महायज्ञ आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष कुमार पोखरेलले बताउनु भयो । महायज्ञ  चण्डेश्वरी देवीको विशेष आग्रहमा गरिन लागेको ज्ञान महायज्ञको देश विदेशमा पिताको पृथ्वीमा पाईला परेको जानकारी दिने उदेश्य रहेको पोखरेलले बताउनु भयो । महायज्ञमा सम्पूर्ण भक्तजनहरुलाई उपस्थितिको लागी आयोजकहरुले आग्रह गर्नु भएको छ ।