2026 April 24/ 12:42: 42pm

 बनेपा/बनेपा नगरपालिकाको आयोजनामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम सम्बन्धि समीक्षा भएको छ ।    
   विद्यालयमा कक्षा ५ सम्मका बालबालिकाहरुलाई खुवाईने दिवा खाजामा पोषण तथा उनिहरुको स्वास्थयमा कसरी विशेष ख्याल पु¥याउन सकिन्छ भन्ने बारे समीक्षा गरिएको थियो । कार्यक्रममा नगरपालिकका प्रमुख, प्रशासकिय अधिकृत कबिराज उप्रेतिले विद्यालयमा सरसफाई, शौचालय, शुद्ध खानेपानी, सहयोगी र बालबालिकाहरु आफै कतिको सफा भएर विद्यालय आउँछन् भन्ने बारे विद्यालयले विशेष ख्याल गर्नुपर्ने बताउनु भयो । अभिभावकहरुलाई घरबाट खाजा पठाउँदा जंकफुड नपठाई घरमै बनाएर पठाउन विद्यालयले आग्रह गर्नु पर्ने, विद्यार्थीहरुलाई सफाई र स्वास्थ्यमा ध्यान पु¥याउन आग्रह गर्नुपर्ने बताउनु भयो । 
कार्यक्रममा नगर भित्रका सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरूको उपस्थितिमा भएको बालबालिकाहरूलाई विद्यालयमा दिईने खाजामा पोषण र स्वास्थ्य छलफल भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कबिराज उप्रेती, शिक्षा शाखा प्रमुख श्याम सि धामी, स्वास्थ्य शाखा प्रमुख शम्भु कुमार महतो, महिला बालबालिका शाखा अधिकृत बिजया सुवेदी, कृषि शाखा कृषि अधिकृत बच्चु बहादुर कार्की लगायतले धारणा राख्नु भएको थियो । कार्यक्रम संचालन स्वास्थ्य शाखाकी क.न.नि. सीता भट्टराईले संचालन गर्नु भएको थियो ।
बनेपा नगरपालिका १० नम्बर वडामा १ घर १ धारा अन्तिम चरणमा
बनेपा÷बनेपा नगरपालिका र केन्द्रिय सरकारको संयुक्त आयोजनामा बनेपा नगरपालिका वडा नम्बर १० का ७ हजार जनसंख्यालाई खानेपानीको १ घर १ धारा वितरण अन्तिम चरण पुगेको वडा अध्यक्ष चन्द्र बहादुर खड्काले बताउनु भयो । 
ढुङ्गा डिप बोरिङ गरेर मानडाँडा भन्ने ठाँउमा डेढ लाख लिटरको ट्याङ्की निर्माण बाघभैरब भन्ने ठाँउमा डिप बोरिङ्ग गरि सेतिदेवी मन्दिरमा डेढलाखको पानी टयांकी निर्माण र थापा गाउँमा डिप बोरिङ्ग गरि गोरखकाली मन्दिर माथि १ लाख लिटरको पानि ट्यांकी निर्माण सम्पन्न भएको खड्काले बताउनु भयो । 
त्यसैगरी वडामा आफु निर्वाचित भएपछि ३१ सय मिटर बाटो ढलान, १ किलोमिटर कालोपत्रे, नाली निर्माण, विभिन्न ठाँउमा पक्की पर्खाल निर्माण, कच्ची बाटोमा ग्राबेल, बाँधको चौरमा जाने नयाँ ट्रयाक निर्माण, सेतो पाटी पुनर्निर्माण, र सेतोपाटीसँगै रहेको ढुङ्गेधारा पुन निर्माण, स्वास्थ्य चौकी भवन निर्माण, थापागाउँमा रहेको गोरखकाली मन्दिर निर्माणमा सहयोग, कांगाल गाउँमा पञ्चकन्या मन्दिर निर्माण, मानडाँडामा राधाकृष्ण मन्दिर निर्माण, खड्का टोलमा रहेको ज्वालादेवी मन्दिर पुनर्निर्माण, सेतिदेवी पुनर्निर्माण लगायत थुप्रै विकासका काम सम्पन्न गरेको बताउनु भयो । वडाको टोलहरुमा गाडी जाने अवस्था नरहेको ठाउँमा अहिले प्रत्येक टोल टोलमा गाडी पुगेको जनाएको छ । विकासका काम सँगै जनताहरुको आयश्रोत बढाउनका लागि विभिन्न सीपमुलक तालिमहरु प्रदान गरेको र आफुले निर्वाचनमा जनतालाई दिएको आश्वासन पुरा गरेको खड्काले बताउनु भयो । 
डिप बोरिङ र खानेपानी ट्यांकी सम्पन्न पश्चात मुख्य पाईप लाईन बिछ्याउने कार्य शुरु गर्न थालिएको वडा अध्यक्ष चन्द्र बहादुर खडकाले बताउनु भयो  । उक्त खानेपानी आयोजना र विभिन्न विकासका आयोजनाहरु अनुगमन गर्न नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादेलगायतको टोली पुगेको थियो । बादेले नगरका १४ वटै वडामा विकासका लहरहरु पुगेको बताउनु भयो । २० वर्षमा हुन नसेकका कामहरु ४ वर्षमा भएको बताउनु भयो । आफु निर्वाचित हुदाँ पहिलो खानेपानी, दोस्रो सडक स्वास्थ्य, शिक्षा लगायतका योजनाहरु रहेको थियो । सबै वडामा १ घर १ धारा वितरण अन्तिम चरणमा पुगेको एकीकृत खानेपानी दशंैदेखि साविक धारमा आएको र नयाँ धारा छिट्टै वितरण हुने बताउनु भयो । त्यसैगरी उपप्रमुख रेखा सापकोटा दाहालले आफु सम्पूर्ण योजनाहरुको अनुगमन गर्ने भएकाले प्रत्येक आर्थिक वर्षमा ९० प्रतिशत योजना सम्पन्न भएको बताउनु भयो । नगरमा विकासका कामहरु तिब्र गतिमा भएको बताउनु भयो । हामी जनप्रतिनिधि आएपछि जनताले महशुस गर्ने गरी विकासका काम भएका छन् उपप्रमुख रेखा सापकोटा दाहालले बताउनु भयो । भौतिक विकाससँगै आम जनताको आर्थिकस्तर उकास्नका लागी विभिन्न शिपमुलक तालिम, खेलकुद, महिला, दलितहरुका लागी विभिन्न सिपमुलक तालिम तथा सामान, कृषकहरुलाई कृषि औजार वितरण, लगायतका सामाग्रीहरु वितरण गरेको बताउनु भयो । घोषणा पत्र अनुसार ९० प्रतिशत पूरा भएको सापकोटाले बताउनु भयो ।