जनागाल/नेपाल रेडक्रस सोसाईटी जनागाल उपशाखाकोे आयोजनामा १ दिने रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
कोरोना महामारीका कारण लामो समय देखी रोकिएको रक्तदान कार्यक्रम शुरु गरिएको उपशाखा सभापति सानुभाई विष्टले वताउनु भयो । विगतका वर्षहरुमा प्रत्येक ३ –३ महिनामा गर्ने गरिएको रक्तदान केहि समय रोकिए पछि पनि शुरु गरिएको विष्टले बताउनु भयो । रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने विशुद्ध सामाजिक भावनाले उक्त कार्य गर्दै आएको विष्टले वताउनु भयो ।









