बनेपा/अर्किड ईन्टरनेशनल एकेडेमीको दिक्षान्त सामारोह बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कोरोना महामारी पछि रोकिएको १० औं र ११ औ दिक्षान्त सामारोहमा बादेले विद्यार्थीहरुलाई अझै स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्नु भएको थियो । साना साना भाई बहिनीहरुलाई समयमा नै नैतिक ब्यबहारिक शिक्षा प्रदान गर्नु पर्ने बताउनु भयो । हामीले जस्तो बिउ रोप्यौं त्यसै उत्पादन हुने भएकाले साना साना भाई बहिनीहरुलाई राम्रो शिक्षा दिक्षा दिन उहाँले आग्रह गर्नु भएको थियो । शुरुमा जस्तो शिक्षा प्रदान ग¥यो पछि सम्म त्यस्तो सिक्ने भएकाले राम्रो शिक्षा प्रदान गर्न उहाँले आग्रह गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल अनिता प्रजापतिले विद्यालय ३ जना बाट शुरु गरिएकोमा हाल १ सय ५० जना विद्यार्थीहरु रहेको बताउनु भएको थियो । विद्यालयमा मन्टेश्वरी कक्षा देखी कक्षा ५ सञ्चालन भैईरहेको बताउनु भयो । कोरोना महामारीका कारण २ वर्ष देखी रोकिएको दिक्षान्त समारोहलाई निरन्तता दिईएको र विद्यालय स्वास्थ्य मापदण्ड पालना गरि विद्यालय सञ्चालन गरिएको बताउनु भयो ।
अभिभावकहरुलाई ढुक्क भई नानिबाबुहरुलाई विद्यालय पठाउन अनुरोध गर्दै विद्यालयमा ब्यवहारिक, नैतिक, अनुशासित शिक्षा प्रदान गर्ने बताउनु भयो । पढाई सँगै नानी बाबुहरुलाई अहिलेको ब्यवहारिक र प्रयोगात्मक शिक्षालाई प्राथमिकतामा राखिएको प्रजापतिले बताउनु भयो । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष तथा सञ्चालक समितिका अध्यक्ष पुकार कारञ्जीत, चेष्टा साप्ताहिकका सह सम्पादक लक्ष्मण तिमल्सिना लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अनिता कारञ्जीतको सभापतित्वमा सम्पन्न भएको थियो ।









