बनेपा/नेकपा एमाले बनेपा ४ नम्बर वडा कमिटीको आयोजनामा बनेपा नगर कमिटीको प्रथम अबिधेशनबाट निर्वाचित पदाधिकारीहरु र अनेमसघंमा निर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रममका बिच सम्मान गरिएको छ ।
वडा कमिटी अध्यक्ष नविन श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तबय वडा कमिटीका उपाध्यक्ष गंगाराम श्रेष्ठले राख्नु भएको थियो । कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा बनेपा नगर सह ईन्चाज कुमार तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथी तिमल्सिनाले नयाँ नेतृत्वालाई बधाई दिदै आगामी दिनहरुमा विभिन्न चुनौतीका चाङहरु रहेको बताउनस भयो । नयाँ नेतृत्वले चुनौतीका चाङहरुलाई सहज रुपमा सफल बनाउनु पर्ने तिमल्सिनाले बताउनु भयो । केहि वर्ष पार्टिका कामहरु शिथिल अबस्थामा रहेकाले कार्यकताहरुमा निराशा छाएकाले अब पार्टीका गतिबिधी अगाडी बढेको वताउनु भयो । नगरको नेतृत्वले पार्टीका जनवर्गिय सगठनहरुलाई गठन गरी चलायमान बनाउनु पर्ने तिमल्सिनाले बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, नगर अध्यक्ष रत्नकुश रञ्जित, उपाध्यक्ष नवराज मानन्धर सचिब श्रीधर पराजुली, सह–सचिब केदार प्रसाद दाहाल, रोसनी उपाध्याय लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम सञ्चालन वडा कमिटी उपसचिव सन्तोष दाहालले गर्नु भएको थियो ।









