बनेपा/नोबेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ ।
कार्यक्रममा श्रेष्ठले सदस्य बिचको दुरीलाई कम गरी संस्थालाई सदस्यहरु बिचको दिगो र भरपर्दाे वित्तिय सम्बन्ध स्थापित गर्न चाहेको बताउनु भयो । कोरोनाको जोखिममा समेत सदस्यहरुको सेवा सुविधामा कुनै कमीकमजोरी हुन नदिई कार्य सम्पादन गरिएको श्रेष्ठले बताउनु भयो । संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक तथा संस्कृति क्षेत्रमा सहकारीले गतिबिधि गर्दै आएको र उक्त कार्यलाई निरन्तर गरिरहने बताउनु भयो । सभामा सस्थाको बार्षिक प्रतिबेदन सचिब गोवर्धन कर्माचार्य र आर्थिक प्रतिबेदन कोषाध्यक्ष राजकुमार विष्ट तथा लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक गोपाल प्रधानले सभामा प्रस्तुत गर्नु भएको थियो । सस्थाको कुल शेयर पुंजी १ करोड ८५ लाख ८८ हजार, बचत १५ करोड ६२ लाख ५ हजार, कर्जा लगानी १२ करोड १३ लाख ४२ हजार रहेको जनाएको छ ।
कार्यक्रममा संस्थाका सल्लाहाकार रमेश हुागाई, काभ्रे टाईम्सका कार्यकारी सम्पादक रमेश न्यौपाने, चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिना, सञ्चालक समिती सल्लाहाकर, सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन सञ्चालक सदस्य प्रमिला चण्डी श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।









