बनेपा/पतञ्जली योग समिति बाग्मती प्रदेशको आयोजना तथा काभ्रे समितिको संयोजकत्वमा संचालित सह–योग शिक्षक ३५ दिने तालिममा सहभागीहरुलाई आयोजित कार्यक्रममा पंतजली योग समिति बाग्मती प्रदेशका प्रमुख ग्रोविन तौजलेले प्रमाण पत्र वितरण गरियो ।
उक्त कार्यक्रमको उद्घाटन पतंजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रोविन तौजलेले पानसमा दिप प्रज्वलित गरी उद्घाटन गरिएको सो कार्यक्रममा काभ्रे जिल्लाका विभिन्न विद्यालयका ४७ जना शिक्षक शिक्षिकाहरुले योग अभ्यास सम्बन्धि प्रशिक्षण लिई उक्त शिक्षालाई आ–आफ्नो विद्यालयमा विद्यार्थीहरुलाई योग शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो । कार्यक्रममा महिला योग समिति काभ्रेका अनु श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको र योग समिति बाग्मती प्रदेशका सल्लाहकार सरिता शाक्य, बाग्मती प्रदेशका सदस्य दमन कुमार श्रेष्ठ, काभ्रेका उपाध्यक्ष प्रकाश कायष्ठ, महिला उपाध्यक्ष ईन्दिरा तौजले, युवा समिति काभ्रेका अध्यक्ष रमेश श्रेष्ठ, प्रशिक्षार्थीहरुको तर्फबाट कल्पना श्रेष्ठ र राजदाश काफ्लेले मन्तव्य राख्नुभएको कार्यक्रमको उद्घोषण पतंजली योग समिति काभ्रेका महामन्त्री मोहन बैद्यले गर्नुभएको कार्यक्रमको सभापतित्व पतंजली योग समितिका अध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।









