धुलिखल/बालमन्दिर आधारभुत विद्यालयले गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई छात्राबृत्ति तथा पुरस्कार वितरण गरेको छ ।
धुलिखेल नगरपालिका उप–प्रमुख विमला शर्माको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई छात्राबृत्ति वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै उप–प्रमुख शर्माले गरिबीकै कारण शिक्षाबाट बन्चित हुनपर्ने अवस्था आउन नदिइने बताएकी छन् । शैक्षिक क्षेत्रमा धुलिखेलले फड्को मारेको दाबी गर्दै आगामी दिनमा पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिने बताएकी छन् । धुलिखेल नगरपालिकाले उच्च शिक्षामा अध्धयन गर्ने विद्यार्थीहरुलाई निःशुल्क गरेको समेत शर्माले वताउनु भयो । कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रोमी प्रसाद ब्याञ्जु, गैह्र आवासिय नेपालि संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य महेश अधिकारी धुलिखेल नगरपालिका शिक्षा शाखा प्रमुख माधवप्रसाद शर्मा लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा विद्यालयको गतिविधिका बारेमा प्रधानाध्यापक राजेन्द्र शाहले राख्नु भएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुलाई स्टेशनरी तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमकण्ठ माकजुको सभापतित्वमा भएको कार्यक्रम सन्चालन हरिशंकर घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य तोयानाथ चौलागाईले गर्नु भएको थियो ।









