2026 April 24/ 01:38: 29pm

    धुलिखेल/स्वास्थ्य कार्यालय काभ्रेमा कार्यरत डा. नरेन्द्रकुमार झाको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ । कोभिड महामारी तथा डेँगु नियन्त्रणमा सक्रियताका साथ नागरिकहरुको रक्षाका लागि खटिनु भएका डा. नरेन्द्रकुमार झालाई राष्ट्रपतिले पदकबाट सम्मान गर्नु भएको थियो । 
    नागरिकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न जिल्लाका १३ वटै पालिकामा सक्रियताका साथ कृयाशिल डा. नरेन्द्रकुमार झाले जिल्लाको स्वास्थ्य क्षेत्रको विकासलाई महत्वका साथ अगाडी बढाउनु भयो । नागरिकहरु स्वस्थ रहन सकेको अवस्थामा मात्रै अन्य विकास आवश्यक भएको बताउँदै डा. झाले नागरिकहरुलाई बचाउन हरसम्भव प्रयास गर्नु भयो । डा. झाको योगदानको स्मरण गर्दै जिल्लाका १३ वटै पालिकाहरुले अलग अलग विदाई गरेका छन् भने जिल्लामा रहेका अस्पतालहरु धुलिखेल र शिर मेमोरियल तथा अन्य अस्पतालहरुले पनि विदाई गरेका छन् । संचारकर्मीहरु, विभिन्न पेशा ब्यवसायका नागरिकहरुले पनि डा. नरेन्द्रकुमार झाको योगदानको स्मरण गर्दै आगामी दिनमा उहाँले दिने सेवा अझै प्रभावकारी बनाउन शुभकामना दिएका छन् । 
    डा. नरेन्द्रकुृमार झाको सरुवा भएसँगै जिल्लाबासी डा. पुरुषोतम सेँढाईको पदस्थापन भएको छ । उहाँलाई जिल्लाबासीहरुले नागरिकहरुको स्वास्थ्य सुरक्षाका लागि निरन्तर सक्रिय हुन शुभकामना दिएका छन् ।