बनेपा/तिहार नजिकिए सँगै काभ्रेका बजार अनुगमन शुरु गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनारको नेतृत्वमा गरिएको अनुगमनमा अबैध रुपमा किराना पसलमा अनुदानको रसायनिक मल विक्रि गरेको पाएको सुनारले बताउनु भयो ।
सहकारी मार्फत कृषि सामाग्री संस्थान र साल्ट्र टेनिङ्ग बनेपाबाट खरिद गरि कृषकहरुलाई बढि मुल्यमा बेचेको पाईएको छ । बजारमा कालो बजारी गरेर बेच्ने भएकाले कालो बजार ऐन अन्र्तगत कार्वाही गरिने सुनारले बताउनु भयो । कृषकहरुले मल नपाउने बजारमा बढी मुल्यमा अनुदानको मल विक्री गरेको पाईएको बजार अनुगमनमा भेटिएको सुनारले बताउनु भयो । अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशव पुडासैनी, काभ्रे उद्योग बाणिज्य सघंका प्रतिनिधी, ईलाका प्रहरी कार्यालयका प्रमुख राजन अधिकारी, पत्रकार लयाएतको सहभागिता रहेको थियो ।









